काठमाण्डौ । भारतीय सेयर बजारका ‘बिग बुल’ राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा निधन भएको छ। जसका कारण भारतीय सेयर बजारका लगानीकर्ता शोकमा डुबेका छन्। 

पुराना र भेट्रान लगानीकर्ता झुनझुनवालाले यो संसार छाडे पनि उनले लगानीका क्रममा बुनेका सूत्रहरु सेयर लगानीकर्ताका लागि आगामी दिनमा मार्गदर्शन बनिरहनेछ। 

बजारलाई समयमा नबाँध

सेयर बजार सधैँ सही छ। समय बजारमा कहिल्यै हुँदैन। ‘मसँग मात्र नियम छ कि त्यहाँ कुनै नियम छैनन्।’

अँध्यारोपछि उज्यालो

जब प्रलय र अन्धकार हुन्छ, यो नबिर्सिन हुन्न कि हरेक बिहानको सुरुआत अँध्यारो रातपछि नै हुन्छ। 

मौका छोप्ने अवसर सधैँ हुन्छ 

सेयर बजारको लगानी अनिश्चित हुन्छ। कसैले यो नै हुन्छ भनेर अनुमान गर्न त्यति सजिलो छैन। त्यसैले बजारमा अवसर सधैँ हुन्छ, मौका छोप्न जान्नुपर्छ। 

मूल्यको सम्मान

अनुचित मूल्यांकन भएका कम्पनीहरुमा कहिल्यै लगानी गर्नु हुँदैन। चर्चित कम्पनीहरुको पछाडि पनि कहिल्यै लाग्नु हुँदैन। 

सही वा गलत भविष्य नै निर्धारण गर्छ

मूल्यको सधैँ सम्मान गर्नुपर्छ। किनकि हरेक मूल्यमा क्रेता र बिक्रेता दुवै हुन्छन्। सही वा गलत हो भविष्यले नै निर्धारण गर्छ। त्यसैले सम्मान गर्न सिक्नुपर्छ किनकि कहिले काहीँ हामी आफैँ पनि गलत हुन सक्छौँ।

गल्तीले नै पाठ सिकाउँछ

गल्ती जोकसैबाट हुन्छ। एउटा गल्तीले नै हामीलाई पाठ सिकाउँछ। त्यसैले हाम्रो गलत निर्णयले कति गुमाउँछौँ र सही निर्णयले कति कमाउँछौँ भन्ने कुरा यहीँबाट सिक्दै जाने हो। 

सही वा गलत हुँदैन

सही निर्णयले हामीले कति कमायौँ ? गलत निर्णयले कति गुमायौँ ? सेयर बजारमा लागेका सबै यी दुवै कुरा व्यहोरेका हुन्छन्। त्यसैले बजारमा सही वा गलत केही हुँदैन। 

जोखिमबाट बचौँ

राकेश झुनझुनवाला जोखिमलाई सधैँ ध्यानमा राख्न सुझाव दिन्थे। उनी भन्थे, ‘यो शब्दबाट सावधान रहनुपर्छ। छोटो अवधिमा गुमाउँदा जोखिम भार ग्राहण गर्न सक्नेले मात्र लगानी गर्नुपर्छ।’ 

उधारोमा लगानी गर्नु हुँदैन 

बजार अनिश्चित हुन्छ। त्यसैले उधारोमा लगानी गर्नबाट बच्नुपर्छ। 

बजार सबैका लागि होइन 

झुनझुनवाला भन्छन्–‘बाई–हार्ट ट्रेडरले बजारबाट सबैले पैसा कमाउन सक्छन् भन्ने हुँदैन। त्यसैले त भनिन्छ बुवाले सधैँ चुरोट सेवन गर्नुहुन्छ तर आफ्ना बच्चालाई चुरोट सेवन नगर्न सल्लाह दिन्छन्।’ –एजेन्सी