काठमाण्डौ । निःसन्तानसम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशतसम्मको आई भी एफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आईभीएफले आज (कृष्ण जन्माष्टमीका दिन) आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदैछ। 

यही अवसरमा यस क्लिनिकले २५०० भन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुसी दिइसकेको बताएको छ र प्रजनन् उपचारमा काठमाण्डौबाहिरका दम्पतीको पनि पहुँच बढाउन देशका ३ प्रमुख सहरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।  

वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एकदिने शिविर पोखरा, बिर्तामोड र  नेपालगन्जमा हुनेछ। 

भदौ ४ गते पोखराको सभागृहचोकस्थित मेघा हेल्थकेयरमा, भदौ ११ गते निशा झापाको बिर्तामोडस्थित एड्भान्स अल्ट्रासाउन्ड एन्ड डाइग्नोस्टिक क्लिनिकमा र भदौ १८ गते नेपालगन्जको बीटीएसचोकस्थित वात्सल्य हेल्थकेयर नेपालगन्ज शाखामा शिविर हुनेछन्। शिविर बिहान १० बजेदेखि सुरु हुनेछ। 

शिविरमा सेवाग्राहीले आफ्नो प्रजनन् अवस्थासम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुका कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षणपश्चात आईभी नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।

शिविरमा नाम दर्ता गराउन ९८०१८२३४०१ वा ९८०२३२०९९१ सम्पर्क गर्न सकिनेछ।