काठमाण्डौ । लोकप्रिय टुह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइडअन्तर्गत भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्यान्डसम्म राइटको आयोजना गरेको छ। त्यस क्रममा ४० जना राइडर सहभागी भएका थिए। 

त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षासम्बन्धी जानकारी समेत दिएका थिए। उनले भने ‘हामीले सडक सुरक्षासम्बन्धी थप जानकारी दिने मौका पाएका छौं। यो हाम्रो लागि गर्वको कुरा हो। नेपालको पर्यटकीयस्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौँ।’ 

त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तव्य राखेका थिए। उनले अन्य ब्रान्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टीभीएसले गरेकोमा खुसी व्यक्त गरे।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाण्डौ, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ।

यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ। 

जगदम्बा मोटर्स नेपालमा टीभीएस टुह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। 

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टुह्विलर ब्रान्ड बनेको छ।