काठमाण्डौ । फादर्स डेको अवसरमा स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ। 

आईएमएस ग्रुपले स्मार्टडोकोलाई प्राप्त गरेपछि कम्पनीलाई नेपालमा उच्चतम मूल्यांकन गरिएको ई–कमर्स एपका रुपमा पनि मान्यता दिइएको छ। स्मार्टडोकोसँग फादर्स डेका लागि अन्य वस्तु जस्तै– केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु र अन्य धेरै वस्तुमा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी उपलब्ध गराइएको छ। 

ग्राहकले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरणमार्फत एप डाउनलोड गरी वा स्मार्टडोको वेबसाइटमार्फत आफ्नो मनपर्ने समान अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ। यसका साथै स्मार्टडोकोले तीन भाग्यशाली विजेतालाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु.. ५०० दिनेछ।

स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दछ र विभिन्न क्याटागोरिज र सब क्याटागोरिजमा ५० हजार बढी समान छन्। जहाँ ग्राहकले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्सियल्स, स्वास्थ्य र सौन्दर्य, घर र बस्नेलगायतका आफ्ना मनपर्ने उत्पादन सजिलै किनमेल गर्न सक्छन्। 

स्मार्टडोकोका ग्राहकले रिङरोड भित्र (रु. ७५० को न्यूनतम अर्डर मूल्यको साथ) र रिङरोड र काठमाण्डौ उपत्यकाबाहिर न्यूनतम डेलिभरी शुल्कहरु पनि शीघ्र र निःशुल्क डेलिभरी पाउँछन्।

यो अफर ७ भदौदेखि भदौ १० गतेसम्म मान्य हुने स्मार्टडोकोले जनाएको छ।