काठमाण्डौ । लोकप्रिय दुईपांग्रे सवारीसाधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकलक्षित अपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ। 

भदौ ११ गतेका दिन धनगढीको बागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटेल गोदाबरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रमअन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जीवी उपाध्याय र टिकटिकर लोकेश ठकुरीलगायतको सहभागिता थियो। उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुसी व्यक्त गरे। उनीहरुले राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारीसमेत मिलेको बताए। उनीहरुले भने, ‘यो हाम्रा लागि गर्वको कुरा हो। नेपालको चर्चित एवं पर्यटकीयस्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौँ।’ 

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाण्डौ, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ। यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने कम्पनीले जनाएको छ। 

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।