– रेखा चन्द
काठमाण्डौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलहरुले उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन्। यसपटक थुप्रै स्वतन्त्र उम्मेदवारले पनि विभिन्न क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिरहेका छन्।
सत्ता गठबन्धनको प्रमुुख दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलले पनि आ–आफ्ना उम्मेदवारको नाम सिफारिस गर्ने कार्य अगाडि बढाइरहेका छन्।
यसैबीच नेपाल राष्ट्र बैंकका पूूर्वगभर्नर डा. चिरञ्जीवी नेपाललाई कांग्रेसका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बनाउन सिफारिस गरिएको छ। कांग्रेसको पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय समितिले पूर्वगभर्नर नेपालसहित प्रदेशमन्त्री वीरबहादुर राना र पूर्वसासंद् हरिप्रसाद नेपाललाई सिफारिस गरेको हो।
राष्ट्र बैंकको १६औँ गभर्नर नेपाल यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा कार्यरत थिए। त्यसअघि भने उनी झन्डै तीन दशक प्राध्यापन पेसामा आबद्ध थिए।
पूर्वगभर्नर नेपालले आफ्नो पाँचवर्षे कार्यकालमा वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण भूमिका खेलेका थिए।
बुटवल–पाल्पाअन्तर्गत सिद्धबाबा सडकखण्ड आफ्नो पहिलो र अन्तिम अजेन्डा तथा प्राथमिकतामा रहेको नेपाल बताउँछन्। बुुटवलबाट ४५ मिनेटको बाटो भए पनि सडक सुविधाका हिसाबले पाल्पा पछाडि रहेको उनको भनाइ छ। ‘सडक सुविधा राम्रो नहुँदा पाल्पा विकास अगाडि बढ्न सकेको छैन’, उनले भने, ‘यो सडकखण्ड सुरक्षित बनाउन सकियो भने सहर विस्तार हुन्छ अनि बुटवलबाट ४५ मिनेटमा मानिसहरु पाल्पा पुग्न सक्छन्।’
बर्खायाममा दैनिकजसो पहिरो झरिरहेने यो सिद्धबाबा सडकखण्डमा हिउँदयाममा समेत ढुंगे पहिरो झरिरहने गर्दछ। यो सडकखण्डमा मानिसहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बाटो राम्रो नभएकै कारण सवारी दुर्घनाका थुप्रै मानिसले अकालमा ज्यान गुमाइरहेका छन्। ‘त्यसैले यदि मैले भोलि टिकट पाएँ भने सिद्धबाबा सडकखण्ड सुरक्षित बनाउने मेरो मुख्य र अन्तिम अजेन्डा हुनेछ’, उनले भने।
पाल्पामा पर्यटकीयस्थलहरु भैरवस्थान, रानीमहल, सत्यवर्तीगायत छन्। जहाँबाट पहाड र हिमाल सजिलै हेर्न सकिन्छ।
पूर्वगभर्नर नेपालका अनुुसार राणाकालमा काठमाण्डौपछि पहिलो प्राथमिकतामा परेको ठाउँ पाल्पा हो। ‘पञ्चायतकालमा पनि पाल्पा पहिलो प्राथमिकतामा परेको थियो’, उनले भने, ‘तर, कनेक्टिभिटीमा सडकको सहजता नहुुनाले पाल्पा अगाडि बढ्न सकेन।’
‘पाल्पाको विकासका लागि सबैभन्दा ठूलो बाधा नै बाटो नहुुनु नै हो। प्युुठान, गुुल्मी, बागलुुङलगायतको व्यापार गर्ने ठाउँ नै पाल्पा र स्याङ्जा हुन्’, नेपालले भने, ‘अन्य ठाउँमा बाटो बन्दा हामीकहाँ सिद्धबाबाको पहिरोले गर्दा बाटो कहिले सुुरक्षित पनि भएन र राम्रो पनि बन्न सकेन। त्यसैले पाल्पाको विकासमा बाटोले सबैभन्दा ठूलो बाधा पुुर्याएको छ।’
पार्टीले आफूलाई विश्वास गरेर सिफारिस गरेको र पाल्पावासीको पनि साथ रहेको नेपालको दाबी छ। ‘म जुुन–जुन ठाउँ पुुगेँ, ती ठाउँमा राम्रै काम गरेको छुु। त्यसैले टिकट पाए सामाजिक, आर्थिक, धार्मिक कुराले पाल्पा र पाल्पाबासीको जीवनस्तर उकास्न योजना र नपाए पनि पाल्पाको विकासका लागि म सधैँ लागि रहनेछु’, उनले भने।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ।
37 minutes ago
1 hour ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago