काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तयारी गरेको यूपीआई नेपाल क्यूआरबीच अन्तरआबद्धताका लागि सम्झौता भएको छ।

विगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै एससीटी यूपीआई कार्ड, स्मार्ट क्यूआरलगायतको भुक्तानी सुविधा दिँदै आएको एससीटी र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)मा आबद्ध भुक्तानी संयन्त्रमार्फत नेपाल र इन्डियाबीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तयारीमा रहेको गेटवे पेमेन्ट सर्भिसबीच भएको यो एतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने आशा लिइएको छ। 

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७८ माघ २१ गते जारी गरेको परिपत्र ३०४÷०७८÷७९ मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी)लाई अन्तरआबद्धताका लागि दिएको निर्देशनअनुरुप यो सम्झौता सम्पन्न भएको हो।

यस सम्झौतापश्यात यूपीआई नेपाल क्यूआरको सुविधा लिने विभिन्न व्यापारव्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्कअन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक (पीएसपी) वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् भने स्मार्ट क्यूआरमार्फत भुक्तानी लिदै आएका व्यापारव्यवसायले यूपीआई नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरुमार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ। 

एससीटीको प्राँगणमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भिसका तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।