काठमाण्डौ । नेपालकै उच्च मूल्यांकन गरिएको ई–कमर्स एप ‘स्मार्टडोको’ले यसपालिको दसैँमा आफ्नो ग्राहकका लागि ‘बडा दसैँ कडा अफर’ ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकले इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७% सम्मा छुट पाउन सक्नेछन्। ग्राहकले हरेक दिन पेबल स्मार्टवाच र एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने छन्। 

ग्राहकले हिमालयन बैंकमा रु. १ हजारसम्मको १५% क्यासब्याक पाउन सक्नु हुनेछन्। जसलाई ग्रहकले डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले ‘वान रुपी गेम’ मा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जस्तै– रिम्यास ब्ल्युटुथ हेडफोन, एक्यू फिट स्मार्टवाच, पेबल इयरफोन, इनर्जिजर पावर बैंकहरु जित्न सक्नेछन्। यसका साथै ग्राहकहरुले अन्य थुप्रै उपहारहरु जस्तै– बोया मिक, हकिङ्स प्रेसर कुकर, इलेक्ट्रिक बीबीक्यू ग्रिल मेसिन र इन्डक्सन पनि जित्ने मौका पाउनेछन्। 

काठमाण्डौ उपत्यकाभित्रका ग्राहकहरुले रु. ७५० को न्यूनतम अर्डर मूल्यमा ‘फ्री डेलिभरी’ को सुविधा पनि पाउन सक्नेछन् भने नेपालभरिकै सतहत्तर जिल्लामा डेलिभरीको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

स्मार्टडोकोमा ५० हजारभन्दा पनि बढी सामान उपलब्ध छन्। जस्मा बेबी केयर, इलेक्ट्रोनिक्स, किराना सामान, स्वास्थ्य, कोभिड र डेंगु आवश्यक वस्तु, सौन्दर्य, घरका सामग्री किन्न सक्नेछन्। 

यो अफर २१ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म लागू हुने कम्पनीले जनाएको छ।