काठमाण्डौ । हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप–२०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेस्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ, वाच लाइभ फिफा वर्ल्डकम–२०२२’ को विजेता घोषणा गरेको छ। 

यस क्याम्पेनका विजेताले फिफा विश्वकप–२०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन्। आज ११ अक्टोबरमा गरिएको लक्की ड्रमार्फत २ जना विजेताहरुको छनौट गरिएका छन्। जसअनुसार शेरबहादुर जीसी र हस्तमाया गुरुङ विजयी भएका छन्। 

दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप–२०२२ हेर्न जान पाउनेछन्। जसको सम्पूर्ण खर्चहरु हुन्डाई नेपालले व्यहोर्नेछ।

यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभरी रहेका हुन्डाईको १७ वटा शोरुमहरुबाट कुनै पनि हुन्डार्ई गाडीको टेस्ट ड्राइभ गरी आफूलाई रजिस्टर गर्नुपर्ने थियो। यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुन्डार्ईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो। आफ्ना ग्राहकलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुन्डार्ई सबैको रोजाइको ब्रान्ड बन्न सफल भएको छ। 

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्यसहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि रहेका आफ्ना १७ डिलर तथा १९ सर्भिस सेन्टरद्वारा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।