काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। 

कम्पनीको रिजर्भ ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ४१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक थियो।

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.८५ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १.५५ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ७५.१४ रुपैयाँ रहेको छ।