काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । 

बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको ४३५ औं बैठकले आगामी मंसिर २५ गते ३६ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते बैंकको सेयर दाखिल खारेज दर्ता बन्द रहने निर्णय समेत गरेको छ । यसको अर्थ यो बैंकको साधारणसभामा सहभागी हुन र यसअघि घोषित लाभांश प्राप्त गर्न मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । 

बैंकले यसअघि गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिसकेको छ ।