काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरले विजयी भएका छन्। 

योसँगै थापाले काठमाण्डौ–४ मा ह्याट्रिक गरेका छन्। यसअघि थापाले २०७० र २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका थिए। 

यसपालि थापाले फराकिलो मतान्तरले एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन्। उनले भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गरेको प्रारम्भिक तथ्यांक छ। 

थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए। 

यो क्षेत्रमा ४५ हजार पाँच सय ३ मत खसेको थियो।