काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ। 

तीसजना राइडरको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरु यात्राका क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिमा संलग्न भए। नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा सहभागीले खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरे। 

टीभीएसले काठमाण्डौ, कोसी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ। अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

राइडका एक सहभागी तथा भ्लगर, अनुप श्रेष्ठ भन्छन्, ‘टीभीएसले पहिला पटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ। जगदम्बा मोटर्स्लाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौँ।’ 

श्रेष्ठले थपे, ‘हामीले फेसबुक र भाइबरका  एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौँ। जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरुका बारेमा अपडेट राख्नेछ। यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।’ 

टीभीएसका प्रमुख मार्सल गौरवले सम्पूर्ण कार्यक्रमको अनुगमन गरेका थिए भने सञ्जेश बुढाथोकीले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए। 

एओजी अपाचे बाइक भएका राइडरहरुको समुदाय हो। जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो। भारत तथा अन्य राष्ट्रका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ। 

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो।  कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। 

गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।