काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा ल्याउन ढिलाई गर्दा पत्रकारदेखि सरोकारवाला रिसाएका छन्।
राष्ट्रबैंकले आफैँले तोकेको समयभन्दा डेढघन्टा बितिसक्दा पनि समीक्षा सार्वजनिक गर्न सकेको छैन। राष्ट्रबैंकले आफैँले साँझको ६ः३० बजे समीक्षा जुम मिटिङमार्फत सार्वजनिक गर्ने जानकारी गराएको छ।
समीक्षा आउन ढिलाइ भएपछि जुम मिटिङ उपस्थित पत्रकारहरु कोही फुटबल हेर्न, कोही गीत गाउन र कोही आपसमा छलफल गर्नमै व्यस्त छन्। कोही भने राष्ट्र बैंक सहप्रवक्ता नारायणप्रसाद पोखरेलले ‘५ मिनेट’ भनेको भन्दै कुरिरहेका छन्। तर, उनले ५ मिनेट भनेको पनि ५० मिनेटभन्दा बढी भइसकेको छ।
राष्ट्रबैंकजस्तो उच्च निकायले समयको ख्याल नगर्दा आम सर्वसाधारणदेखि पत्रकार र सरोकारवालासम्म दिक्क भएका छन्।
यस विषयमा सहप्रवक्ता पोखरेलले बैठक बसिरहेको बिजशालालाई जानकारी दिए। अब केहीबेरमा बैठक सकिने भनेका पोखरेलको भनाइमा अझै पनि भर पर्ने सम्भावना भने देखिँदैन।
राष्ट्रबैंक व्यवस्थापनले अरुको समयको ख्याल नगरेको र डेढघण्टासम्म कुराउँदा पनि किन ढिलाई भएको भन्ने विषयमा जिम्मेवारीपूर्वक रेसपोन्स कसैले नगरेको भन्दै पत्रकारहरु रिसाएका छन् ।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago