काठमाण्डौ । खाड़ी देश कतारमा जारी फिफा वर्ल्डकपबीच एउटा नयाँ महामारी फैलिने खतरा बढेको छ। यो नयाँ महामारी हो, ‘क्यामेल फ्लू’। 

विश्व स्वास्थ्य संगठत (डब्ल्यूएचओ)का एक्सपर्ट्सहरुले ‘क्यामेल फ्लू’लाई लिएर चेतावनी जारी छ। क्यामेल फ्लूलाई मिडल इस्ट रिस्पेयरेटरी सिन्ड्रोम (मर्स) पनि भनिन्छ। यसबाट १२ लाख मानिस प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। 

न्यु माइक्रोब्स एन्ड न्यु इन्फेक्सन्स पत्रिकामा प्रकाशित एउटा स्टडीमा उल्लेख गरिएको छ कि क्यामेल फ्लू आठ सम्भावित संक्रमणको जोखिममध्ये एक हो। यसले चार हप्तासम्म चलने विश्वकप प्रभावित हुन सक्छ। जसमा कोरोना र मंकीपक्स पनि समावेश छ।

के हो क्यामेल फ्लू ?

क्यामेल फ्लूको पहिलो मामिला २०१२ मा सउदी अरबमा देखिएको थिजयो। यो श्वासप्रश्वाससँग सम्बन्धित भाइरस हो। यो भाइरस मानिस र जनावर दुवैलाई संक्रमित गर्न सक्छ। यो संक्रमण ठूलो स्तरमा ऊँटमा फैलिन्छ। 

डब्ल्यूएचओले हालै क्यामेल फ्लूका ती भाइरसहरुको सूची तयार गरेको छ, जसले महामारीको रुपमा लिन सक्ने सम्भावना देखाएको छ। क्यामेल फ्लूबाट संक्रमित भएकामध्ये एक–तिहाइ अर्थात् लगभग ३५ प्रतिशत मानिसको ज्यान जान सक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ। 

कमल फ्लूको लक्षण कोरोनासँग मिल्दोजुल्दो हुन्छ। यसका लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेजस्ता हुन्छ। डब्ल्यूएचओले झाडापखला लाग्नु पनि यसको मुख्य लक्षण हो। 

कसरी फैलिन्छ क्यामेल फ्लू ?

यो भाइरस जनवरबाट मानिसमा फैलिन्छ। संक्रमित ऊँटबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानिसमा फैलिन सक्ने अध्ययनले देखाएको छ। यो मानिसमा तीव्रगतिमा फैलिन्छ। 

यो भाइरसको हालसम्म कुनै भ्याक्सिन र उपचार नरहेको डब्ल्यूएचओले जनाएको छ। –एजेन्सी