काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ मा सुुदूरपश्चिम प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा २७.२७ प्रतिशतले बढेको हो। २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा २७.२७ प्रतिशतले बढ्न गई १ खर्ब १५ अर्ब ६५ करोड ५४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षमा निक्षेप संकलन २९.५४ प्रतिशतले बढेको थियो।
यो अवधिमा कुल कर्जा १७.४२ प्रतिशतले मात्रै वृृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७८ असार मसान्तको तुलनामा १७.४२ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ४६ करोड ४४ लाख पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३६.२० प्रतिशतले वृद्धि भएको थियो।
राष्ट्र बैंकको तथ्यांकअनुुसार समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी ४७.१९ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम २.६४ प्रतिशत रहेको छ।
त्यसैगरी समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी ६८.५० प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम ०.९३ प्रतिशत प्रतिशत रहेको छ।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago