काठमाण्डौ । ह्वाट्सएपले मल्टी डिभाइस फिचरमा काम गरिरहेको छ। यो फिचरको सहयोगमा प्रयोगकर्ताले एकभन्दा बढी डिभाइसमा ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सक्नेछन्। 

प्रयोगकर्ता अनुभव सुधार गर्न ह्वाट्सएप एप डेभलपर्सले यसमा नयाँ–नयाँ फिचरहरु थपिरहेका छन्। यस्तै एउटा फिचर लिंक डिभाइस हो। 

यो फिचरको मद्दतले प्रयोगकर्ताले एकभन्दा बढी डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न सक्नेछन्। यद्यपि यसमा एकभन्दा बढी स्मार्टफोनको अप्सन प्राप्त हुने छैन। अर्थात प्रयोगकर्ताले आधिकारिक रुपमा एकभन्दा बढी स्मार्टफोनमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सक्ने छैनन्। 

यदि तपाइँ यो सुविधा प्रयोग गर्न चाहनुहुन्छ भने त्यसका लागि एक ट्रिक प्रयोग गर्नुपर्छ। आउनुहोस् जनौँ तपाइँ कसरी दुई स्मार्टफोनमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सक्नुहुन्छ।

ह्वाट्सएपमा गर्नुपर्नेछ यो सेटिङ

यो ट्रिक एन्ड्रोइड अथोरिटीले स्पट गरेको थियो। तपाइँले गर्नुपर्ने भनेको तपाइँको सेकेन्डरी फोनलाई ट्याब्लेटजस्तो बनाउनु हो। त्यो हो ह्वाट्सएपको नजरमा तपाइँले आफ्नो खाता केवल एक स्मार्टफोनमा प्रयोग गरिरहनुपर्छ। किनकि दोस्रो फोन एपको नजरमा ट्याब्लेट हुनेछ।

यसका लागि तपाइँले आफ्नो प्राइमरी फोनमा ह्वाट्सएप बिटा डाउनलोड गर्नुपर्नेछ। यदि तपाइँले ह्वाट्सएपको बिटा प्रोग्राममा साइन इन गर्नुभएको छैन भने तपाइँले द्यभतब खद्द।द्दद्द।द्दछ।ड वा माथिको भर्जन डाउनलोड गर्नुपर्नेछ।

एपीके डाउनलोड गरेपछि तपाइँको मौजुदा ह्वाट्सएप अटोमेटिक अपडेट हुनेछ। तपाइँले कुनै छुट्टै सेटअप गर्नुपर्दैन। त्यहाँ तपाइँले होम स्क्रिनमा ह्वाट्सएपको ट्याब्लेट सपोर्टको अलर्ट पाउनुहुनेछ।

अर्को फोनमा गर्नुपर्नेछ परिवर्तन

अब तपाइँले अर्को फोनमा ह्वाट्सएप एप डाउनलोड गर्नुपर्नेछ। ध्यान राख्नुहोस् कि अन्य उपकरणमा पहिले नै कुनै ह्वाट्सएप अकाउन्ट सेटअप नगरिएको होस्। दोस्रो फोनमा तपाइँले ह्वाट्सएप डेभलपर सेटिङ अन गर्नुपर्छ।

यो सेटिङमा तपाइँले सबैभन्दा सानो विड्थ सेटिङ फेला पार्नुपर्छ र यसको ओरिजनल भ्याल्यू नोट गर्नुहोस्। जुन सम्भवतः ३०० र ५०० बीचमा हुनेछ। तपाइँले यो भ्याल्यूलाई ६०० मा परिवर्तन गर्नुपर्छ र त्यसपछि यसलाई सेभ गर्नुपर्छ।

अब यदि तपाइँले ध्यान दिनुभयो भने तपाइँले फोनमा टेक्स्ट, आइकन र अन्य यूआई एलिमेन्टहरु पहिलेभन्दा सानो भएको पाउनुहुनेछ। यसबाट तपाइँको फोनले ट्याब्लेटजस्तै काम गर्नेछ। यसबारे चिन्ता नगर्नुहोस्। किनकि यो सेटिङ केही समयका लागी मात्र हो। तपाइँले त्यही ह्वाट्सएप एपीके फाइल डाउनलोड गर्नुपर्छ। जुन तपाइँले पहिलो फोनमा डाउनलोड गर्नुभएको थियो।

सेटअप प्रक्रियामा तपाइँले भाषा चयन गर्नुपर्नेछ र शब्द तथा सर्त स्वीकार गर्नुपर्नेछ। तपाइँले क्यूआर कोडको विकल्प पाउनुहुनेछ। जस्तै– वेब संस्करणमा फेला पर्छ। यसलाई स्क्यान गरेर तपाइँले दुवै फोनलाई लिंक गर्न सक्नुहुन्छ। यदि तपाइँ चाहनुहुन्छ भने तपाइँले अर्को फोनको डेभलपर्स सेटिङमा फर्केर पहिले जस्तै– विड्थलाई सेभ गर्नुपर्नेछ। –एजेन्सी