काठमाण्डौ । सुन–चाँदीको भाउमा लगातारको बढोत्तरीमा ब्रेक लागेको छ। लगातार ५ दिन बढेको सुन–चाँदीको भाउ आज मंगलबार भने ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago