काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरुले सरकारले ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।
गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पछिल्लोपटकको मौद्रिक नीतिलाई परिमार्जन गर्दै ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग गरेका हुन्। उनीहरुले उद्योगी–व्यवसायीलाई ऋण किस्ता र ब्याज तिर्न समस्या भइरहेको भन्दै अहिलेकै सरकारले ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने धारणा राखे।
अहिलेको मौद्रिक नीति र बैंकहरुले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको थियो। ‘सरकारले यस विषयमा तत्काल उचित कदम नचाले अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने मन्त्रीहरुबाट आवाज उठेको थियो’, बैठकमा सहभागी एक मन्त्रीले भने।
बैठकमा प्रधानमन्त्री देउवाले उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता गरेको पनि ती मन्त्रीले बताए। अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्ने देखिएकोले सबै पक्षसँग छलफल गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन्।
11 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago