काठमाण्डौ । ह्वाट्सएपले फेरि एकपटक नयाँ फिचर जारी गरेको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले यसबारे जानकारी दिएका हुन्। 

ह्वाट्सएपको नयाँ फिचरका साथ प्रयोगकर्ताले आफ्नो अनुकूलित डिजिटल अवतार सिर्जना गर्न सक्छन्। ह्वाट्सएपको यो सुविधा फेसबुक र इन्स्टाग्राम एप प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध छ।

ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो कस्टमाइज्ड डिजिटल अवतारका साथै आउटफिट, हेयरस्टाइल र फेरियल फिचरलाई पनि संयोजनका लागि छनौट गर्न सक्छन्। रिपोर्टका अनुसार नयाँ ह्वाट्सएप अवतारलाई प्रोफाइल फोटोका रुपमा पनि प्रयोग गर्न सकिन्छ।

ह्वाट्सएप प्रयोगकर्तासँग अवतार एक्सन र इमोसनका लागि ३६ वटा कस्टम स्टिकरबाट एउटा छनौट गर्ने विकल्प हुनेछ। अवतार क्रिएट भएपछि ह्वाट्सएप प्रयोगकर्ताले यसलाई आफ्ना साथी र परिवारसँग सेअर गर्न सक्छन्।

कम्पनीले आगामी दिनमा यसमा लाइटिङ, हेयरस्टाइल टेक्सचर, सेडिङ र अन्य कस्टमाइजेसन अप्सनजस्ता धेरै नयाँ सुविधा थपिने जनाएको छ। यसले प्रयोगकर्ताको समग्र अनुभव बढाउनेछ।

ह्वाट्सएप अवतार फिचर प्रयोगकर्ताका लागि जारी गरिएको छ। तर, कम्पनीले यसलाई चरणबद्ध रुपमा सार्वजनिक गर्दै आएको छ । यस कारणले गर्दा यो सुविधा सबै उपकरणमा एकैसाथ उपलब्ध हुने छैन। 

यसलाई प्रयोग गर्न धेरै सजिलो छ। यसका लागि प्रयोगकर्ताले ह्वाट्सएप खोल्नुपर्छ र स्टिकर अप्सनमा जानुपर्छ। एन्ड्रोइडमा यसका लागि प्रयोगकर्ताले च्याटबक्समा इमोजी सिम्बलमा ट्याप गर्नुपर्नेछ। जहाँ आईओएसमा स्टिकरको अप्सन च्याटबक्समा नै हुन्छ। –एजेन्सी