काठमाण्डौ ।  सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत(अधिकतम रु. १०० सम्म)को क्यास ब्याक प्राप्त गर्ने भएका छन् । 

क्यासब्याकको यो आकर्षक अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ गतेदेखि ३० गतेसम्म उपलब्ध हुने नेपाल पेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

डाइनामिक क्यूआरको रुपमा हालै सो डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोवाइल बैंकिङ वालेट वा कनेक्ट आइपीएस मोवाइल एपमबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

सेल्सबेरीमा नेपाल पे क्यूआरको सेवा हिमालयन बैंक तथा मोको फेक्सवान् सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । देशको सबैभन्दा ठूलो रिटेल स्टोरमध्यको एक यस स्टोरमा लागू गरिएको यो अफर मार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।