काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ। 

अन्नपूर्ण होटेलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरुमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो। 

कार्यक्रमस्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो। आमन्त्रित निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मज्जा लिएका थिए।

एनसेलको रु ५९९ मा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पासपाएका थिए। थपिएको ३० मिनेटमा ३–३ को बराबरी भइपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछिफिफा विश्वकफको उपाधि जितेको हो।

मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकले फाइनल खेलको प्रत्यक्ष प्रसारणपूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतिमार्फत गीतसंगितको आनन्द लिएका थिए र  खानाका विभिन्न परिकारको स्वाद लिँदै ऐतिहासिक तथा रोमाञ्चक फाइनल खेलको मज्जा लिएका थिए।