काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।
राष्ट्र बैंकले आइतबार (पुस १७ गते) दुवै बैंकलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। दुवै बैंकको गत पुस ७ गते बसेको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गर्दै अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए।
इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। डीडीए रिपोर्टअनुसार इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियो कायम भएको छ।
मर्जरपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहनेछन्।
मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago