काठमाण्डौ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवाको समेत सुरुआत गरेको हो।
यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ। मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी २२ वर्षीया पत्नीने दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ।
आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने अस्पतालले जनाएको छ।
नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश वर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ।
सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केसमध्ये पहिलो केही जटिल रहेको थियो। पहिलोपटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्यालगायतका जटिलता थियो। तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ।
मल्टिस्पेसालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्दछ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत नर्भिक अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जानकारी गराएको छ।
नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो। हाल नर्भिकमा देशकै पहिलो र एकमात्र जैनेटिक ल्याबसहितको आईभीएफ (टेस्टट्युब बेबी) सेन्टर समेत सञ्चालनमा छ। अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एन्ड इर्मा सेन्टरसमेत केही महिनाअघिदेखि सञ्चालनमा आएको छ।
यस्तै नर्भिकमा विगत लामो समयदेखि प्रत्येक शनिबार युरोलोजी टिमले निःशुल्क परामर्श सेवासमेत उपलब्ध गराउँदै आएको छ। यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरुले सेवा दिदै आएका छन्।
30 minutes ago
37 minutes ago
42 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago