काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।
राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको सेञ्चुरी बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिएका हुन्। ‘अब दुवै बैंकको एकीकृत कारोबार पुस २९ गतेबाट हुनेछ’, उनले बिजशालासँग भने।
दुवै बैंकको गत पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई स्वीकृत गरेको थियो। साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत भएसँगै दुवै बैंकले अन्तिम स्वीकृतिका लागि आइतबार (पुस १७ गते) राष्ट्र बैंकमा निवेदन दिएका थिए।
गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। प्रभुले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गरेको हो।
सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago