काठमाण्डौ । केही समयअघि पेगासस स्पाइवेयर निकै विवादमा परेको थियो। अब भने पेगासस स्पाइवेयर बनाउने इजरायली जासुस कम्पनी एनएसओ समूह समस्या पर्ने देखिएको छ। 

पेगाससविरुद्ध मेटाको इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले मुद्दा दायर गरेको थियो। जसलाई अमेरिकी सर्वोच्च अदालतले अनुमोदन गरेको छ।

ह्वाट्सएपले एपको त्रुटिको फाइदा उठाउँदै पेगाससले मानिसको फोनमा जासुसी वा जासुसी सफ्टवेयर इन्स्टल गरेको आरोप लगाएको छ। जसका माध्यमबाट १ हजार ४०० मानिसको जासुसी गरिएको थियो। जसमा पत्रकार, मानवअधिकारकर्मी र अन्य सामेल छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार न्यायाधीशहरुले तल्लो अदालतको निर्णयमा एनएसओ समूहको अपिल अस्वीकार गरे र सुनुवाइ अघि बढ्न सक्ने बताए। इजरायली कम्पनीले आफूलाई विदेशी सरकारको एजेन्ट भएको भन्दै मुद्दा अगाडि बढ्न नसक्ने जनाएको थियो। तर, अहिले यो निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ।

मेटाको ह्वाट्सएप इजरायली फर्मविरुद्ध कानुनी कारबाही गर्ने कम्पनीहरुमध्ये एक हो। एनएसओ समूहमाथि मेसेजिङ प्लेटफर्ममार्फत पेगासस स्थापना गरेर १४०० व्यक्तिको निगरानी गरेको आरोप छ।

सन् २०१९ को केसका अनुसार कम्पनीले एनएसओ ग्रुपलाई मेटा प्लेटफर्म र सर्भरबाट ब्लक गर्न चाहन्छ ता कि भविष्यमा यस्तो केही नहोस्। यसका साथै कम्पनीले तोकिएको नआएको नोक्सानीको क्षतिपूर्ति पनि दिन चाहन्छ।

मेटाले अमेरिकी सर्वोच्च अदालतको यो निर्णयको स्वागत गरेको छ। मेटा ह्वाट्सएप र फेसबुक दुवैको मूल कम्पनी हो। 

एनएसओ समूह विगत केही वर्षदेखि विवादमा रहेको छ। यो साइबर आक्रमणकोलागि परिचित छ। 

मेटाले एक विज्ञप्तिमा जासुसी सफ्टवेयरको सञ्चालनले अमेरिकी कानुनको उल्लंघन गरेको र यस गैरकानुनी अपरेसनका लागि उनीहरूलाई जिम्मेवार ठहराउनुपर्ने जनाएको छ। –एजेन्सी