काठमाण्डौ । च्याटजीपीटी पछिल्लो समय निकै चर्चामा रहेको छ। यो वेब भर्जनमा प्रयोग गर्न सकिन्छ। 

च्याटजीपीटीका बारेमा भनिएको छ कि यो गुगलसँग प्रतिस्पर्धा गर्न सक्छ। अब गुगलले यसलाई प्रतिस्पर्धा गर्न डिपमाइन्ड लन्च गर्ने तयारी गरिरहेको छ। यो च्याटबोट अझ सुरक्षित एआई सहायक बन्न सक्ने कम्पनीको दाबी छ।

डिपमाइन्ड विगत एक दशकदेखि एआई अनुसन्धानमा काम गरिरहेको छ। यो ९ वर्षपहिले गुगलद्वारा अधिग्रहण गरिएको थियो। 

च्याटजीपीटी लगातार हेडलाइनमा रहेपछि डिपमाइन्डका सीईओ डेमिस हसबिसले यसबारे बोलेका छन्।

कम्पनीले चाँडै आफ्नो च्याटबोट स्प्यारोलाई प्राइभेट बिटाका रूपमा लन्च गर्न सक्छ। गत वर्ष स्प्यारोलाई रिसर्च पेपर कन्सेप्टका रुपमा विश्वसामु प्रदर्शन गरिएको थियो। यो कन्भर्सेसनल एजेन्टका रुपमा पेश गरिएको थियो। यसले असुरक्षित र अनुपयुक्त जबाफको जोखिम कम गर्छ।

गुगलसँग डिपमाइन्डको क्लज सम्बन्धका बारेमा भनिएको छ कि यो चाँडै च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न आउन सक्छ। डेमिस हासाबिसले डिपमाइन्डले स्प्यारोमा च्याटजीपीटीमा नभएका सबै सुविधा थप्ने योजना राखेकोले स्प्यारोको लन्चमा ढिलाइ भइरहेको बताए। 

धेरैले च्याटजीपीटीको प्रयोग गरिरहेका छन्। यसको सम्भावनाको खोजी भइरहेको छ। धेरैले यसलाई गुगलको विकल्प पनि भनेका छन्। गुगल पनि डराएको जस्तो देखिन्छ। जसका कारण उसले आफ्नो नयाँ एआई इन्जिन लन्च गर्ने तयारीमा छन्। यद्यपि यो कुन दिन लन्च हुने हो भन्ने अझै स्पष्ट भइसकेको छैन। यसको आगमनपछि च्याटजीपीटीले प्रतिस्पर्धा गर्छ कि गर्दैन त्यो पनि हेर्ने विषय हो। –एजेन्सी