काठमाण्डौ । दुई जीवन बीमा कम्पनी मर्ज भएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि बुधबारबाट खुल्ने भएको छ।
साबिक सूर्य लाइफ र ज्योति लाइफ आपसमा मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ। यी दुवै कम्पनी १ः०.८३४५ को सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।
आपसमा मर्ज भएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता सेयर सूचीकृत भएको छ। योसँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार नेप्सेले फुकुवा पनि गरेको छ।
नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि प्रतिकित्ता ३७१.५९ रुपैयाँ तोकेको छ भने कारोबार संकेत ‘एसजेएलआईसी’ प्रदान गरेको छ।
6 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago