काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र यही माघ २६ गतेबाट बिक्री खुला गर्ने भएको छ। 

बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख इकाइ बिक्री गर्नेछ। 

कुल इकाइमध्ये बैंकले १४ लाख ४० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ९ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। सर्वसाधारणका लागि जारी गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४८ हजार इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ९ लाख १२ हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यसका लागि सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते हुनेछ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।