काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफूले नेपालीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको दाबी गरेका छन्।
अध्यक्ष हमालले आज एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन्। ‘मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा प्रकाशित समाचारहरुका सम्बन्धमा करिब २० वर्षदेखि विदेशमा रही विज्ञका रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको छु’, विज्ञप्तिमा हमालले भनेका छन्, ‘मैले कुनै पनि कालखण्डमा नेपालीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन। एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई मैले गर्वका रुपमा लिएको छु।’
केही समययता बोर्ड अध्यक्षका रुपमा आफूविरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष हमालले उल्लेख गरेका छन्। ‘उल्लेखित समाचारमा लगाइएका आरोपहरु निराधार र कपोकल्पित छन्’, उनले भनेका छन्, ‘उक्त समाचारमार्फत मेरो चरित्रहत्या गर्न खोजिएको बिषयलाई मैले गम्भीर रुपमा लिएको छु। यस्तो तथ्यहीन भ्रामक समाचार प्रकाशन पत्रकारिताको मूल मान्यता, मर्म र सिद्धान्तअनुरुप हुनै सक्दैन।’
लामो समयदेखि रहन गएको नेतृत्वविहीनको अवस्थालाई चिर्दै लगानी एंव व्यवस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो अनुभवलाई मध्यनजर गर्दै २०७८ फागुनमा नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षका रुपमा आफूलाई नियुक्त गरेको हमालले उल्लेख गरेका छन्। ‘तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर उक्त अवधिमा धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुआत गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो’, उनले विज्ञप्तिमा भनेका छन्।
यिनै विषयमा छलफल गर्न अध्यक्ष हमालले आज दिउँसो ३ः३० बजे पत्रकार सम्मेलन डाकेका छन्।
ललितपुरको ग्वार्कोस्थित काठमाण्डौ कलेज अफ म्यानेजमेन्टमा डाकिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका साथै केही मर्चेन्ट बैंकर्स र सार्वजनिक निष्कासनको प्रक्रियामा रहेका कम्पनीहरुका सीईओलगायतका पदाधिकारीलाई पनि डाकिएको सेबोन स्रोत बताउँछ।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago