काठमाण्डौ । नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिँदै आएको हेल्थ एट होम/मेड प्रो. इन्टरनेसनलको सद्भावना दूतका रुपमा आबद्ध बन्नुभएको छ।
खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रुपमा आबद्ध गराएका हुन्। हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो। हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र साथीहरुको समेत हेरचाह गरेको थियो। अहिले पनि पारसले कम्पनीका अन्य सेवाहरु प्रयोग गर्दै आइरहरेका छन्।
हिजोका दिनमा व्यक्तिगत रुपमा भेटघाट गर्न नसकेपनि अब निरन्तर सहकार्य गर्ने गरि अगाडि बढिएको कम्पनीको भनाई छ। आगामी दिनमा आवश्यकताको महशुस गर्दै सहज र आत्मविश्वासी ढंगबाट सहकार्य गर्दै अगाडी बढ्ने कम्पनीको भनाइ छ।
सद्भावना दूतका रुपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने, ‘हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ। जब मैले सोधेँ कि, यदि उहाँले हाम्रा लागि प्रशंसा र प्रवद्र्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो। पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रुपमा यो भूमिका लिनुभएको छ। उहाँ दयालु र नम्र हुनुहुन्छ। यो सुरुआत र आबद्धताका साथ हामी घरमा गरिने गुणस्तरिय सेवाको जागरुकतालाई अझ नयाँ ढंगले अगाडि बढाउने प्रयास गरिररहेका छौँ।’
हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवासमेत प्रदान गर्दै आएको छ।
हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ। हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्।
देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago