काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५८ लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले ४० करोड ८२ लाख रुपैयाँ सेवा सञ्चालनबाट आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी २८ करोड ९२ लाख रुपैयाँ रहेको थियो। यस हिसाबले यो आम्दानी ४१.१३ प्रतिशतले बढेको छ।
यो अवधिमा कम्पनीको अन्य आम्दानी ४२ लाख ८० हजार रुपैयाँ भएको छ। गत वर्ष अन्य आम्दानी १७ लाख ८५ हजार रुपैयाँ थियो।
चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३४ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ४२ करोड ५८ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिककीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३.३६ रुपैयाँ रहेको छ। गत वर्ष ईपीएस ०.३८ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ७७.६४ रुपैयाँ रहेको छ।
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago