काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा २० करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २१.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय २ करोड ४७ ला रुपैयाँ थियो। पुनर्बीमा कमिसन आय ८ करोड १० लाख रुपैयाँबाट घटेर ७ करोड ९० लाख रुपैयाँ भएको छ।
यो अवधिसम्म कम्पनीले १३ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १३ करोड ४५ लाख करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी १.०५ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको नाफा ४३.२४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ७ करोड ७ लाख रुपैयाँ नाफा गरेको कम्पनीले समीक्षा अवधिमा ४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कम्पनीको व्यवस्थापन खर्च ११.१४ प्रतिशतले वृद्धि भएर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ९ करोड ७८ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २२.१३ प्रतिशतले बढेर ६९ करोड ८९ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ५७ करोड २३ लाख रुपैयाँ रहेको थियो। ३० करोड २० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार ५.३२ प्रतिशतले घटेर २८ करोड ५९ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या ६६ हजार २७३ रहेको छ। अघिल्लो वर्ष जारी बीमालेखको संख्या ७३ हजार १५६ रहेको थियो।
चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १३.५५ रुपैयाँ, पीई अनुपात ३५.६ गुणा र प्रतिसेयर नेटवर्थ १८५.३० रुपैयाँ रहेको छ।
7 minutes ago
18 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago