काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। 

विश्व बजारमा आज बिटक्वाइनको मूल्य २३७८८ डलरमा अन्तिम कारोबार भएको हो। गत वर्ष जुलाईमा बिटक्वाइनको मूल्य २३००० डलरमा कारोबार भएको थियो। त्यसपछि बिटक्वाइनको भाउ घटेर १६००० डलरको न्यून स्तरसम्म झरेको थियो।

गत जनवरीदेखि माथिको यात्रा तय गरेको बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा पनि उकालो लगिरहेको छ। 

प्राविधिक रुपमा हेर्दा बिटक्वाइनको सेयरमा मन्थली चार्टमा हाल मर्निङ स्टार बनेको छ। यो भनेको बिटक्वाइनको मूल्य अझै माथि जान सक्छ। यसले बिटक्वाइन बुल ट्रेन्डमा चलेको छ भन्ने संकेत गर्छ।