काठमाण्डौ । सेयर बजारको इतिहासमा वारेन बफेट सबैभन्दा सफल लगानीकर्तामध्ये एक हुन्। वारेन बफेटको सफलताको श्रेय उनको व्यावसायिक ज्ञान, व्यवसायको समझ रसरलता हो।
हाल वारेन बफेटको कुल सम्पत्ति १०६ अर्ब डलर छ। स्टक बजारबाट उनले धेरै कमाइ गरेका छन्।
हालै वारेन बफेटले सेयर बजारमा कमाइ गर्न एउटा सूत्र सार्वजनिक गरेका छन्। यो सूत्र पछ्याए सेयर बजारमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।
वारेन बफेटका अनुसार सेयर बजारमा कमाउन धेरै लगानी आवश्यक पर्दैन। ‘थोरै लगानीमा पनि ठूलो नाफा कमाउन सकिन्छ’, उनले भनेका छन्, ‘बजारमा लगानी गर्दा दीर्घकालीन रुपमा राम्रो हुन्छ। यस्तो अवस्थामा बजारमा आएको गिरावटले पनि लगानीकर्तालाई खासै असर गर्दैन। दीर्घकालीन लगानी गरेर राम्रो नाफा कमाउन सकिन्छ।’
वारेन बफेटले प्रख्यात पेय पदार्थ ब्रान्ड कोका–कोला र वित्तीय विशाल अमेरिकन एक्सप्रेसमा प्रत्येकमा १.३ अर्ब डलर लगानी गरेको खुलासा गरेका छन्। ती लगानीअहिले ४७ अर्ब डलर नाघेको छ। –एजेन्सी
8 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago