काठमणडौ । माछापुच्छ्रे बैंक लिमिटेडले बहराइनमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको छ। 

सम्झौतापत्रमा लुलु एक्सचेन्जका तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतापश्चात् बहराइनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ। 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा र २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।