काठमाण्डौ । दुई बैंक डुब्दा भारी गिरावट आएको अमेरिकी सेयर बजार सम्हालिन थालेको छ। 

राष्ट्रपति जो बाइडेनले ती समस्याग्रस्त बैंकका विषयमा सम्बोधन गरेपछि अमेरिकी सेयर बजारमा सम्हालिन थालेको हो। राष्ट्रपति बाइडेन समस्याग्रस्त दुवै बैंकका ग्राहकको निक्षेप सुरक्षित रहने आश्वासन दिएपछि लगानीकर्ताको मनोबल बढेको छ।

बैंक डुबेको खबरले खासगरी डाउजोन तथा नास्डकमा गिरावट आएको थियो। राष्ट्रपति आश्वासनपछि सोमबारको कारोबारमा डाउजोन भने सामान्य अंकको मात्रै गिरावट आएको छ। तर, यूएस–५०, यूएस–५००, नास्डक र डलर इन्डेक्समा भने सुधार आएको छ। 

योबीच क्रिप्टोकरेन्सीको भाउमा भने नाटकीय सुधार आएको छ। एकपटक घटेर १६००० डलरसम्म आएको बिटक्वाइन भाउ हाल बढेर २५००० डलरभन्दा माथि कारोबार भएको छ। बिटक्वाइनको भाउमा एकैदिन १४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। 

यसैगरी इथिरियम, बीएन्डबी र टिथरमा पनि बढोत्तरी आएको छ। 

उता भारतको सेन्सेक्समा भने गिरावट जारी नै सेन्सेक्स ६०००० बाट खसेर आज ५७९०० मा झरेर बन्द भएको छ। –एजेन्सी