काठमाण्डौ । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन्। उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए।
यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलको समर्थन रहेको थियो।
उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन्। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।
उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यल १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाएकी छन्।
अर्की उम्मेदवार जनमत पार्टीकी ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका छन्। प्रमिला यादवले १ प्रदेशसभा सदस्यको मत पाएका छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago