काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)मा पहिलोपटक स्टक ब्रोकरहरुका तर्फबाट उम्मेदवारी दिइने भएको छ।
महासंघको आसन्न ५७ औँ वार्षिक साधारणसभामा एसोसिएटतर्फको सदस्य पदमा स्टक ब्रोकरहरुका तर्फबाट उम्मेदवारी दिइन लागेको हो।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाका अनुसार महासंघको एसोसिएटतर्फको सदस्यमा भरत रानाभाटले उम्मेदवारी दिनेछन्। ‘महासंघमा यो स्टक ब्रोकरका तर्फबाट पहिलो उम्मेदवारी हुनेछ’, उनले भने।
रानाभाट स्टक ब्रोकर एसोसिएन अफ नेपालका पूर्वअध्यक्ष पनि हुन्। हाल उनी कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)का सञ्चालक छन्।
महासंघको वार्षिक साधारणसभा यही चैत २८ र २९ गते हुँदैछ। सभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गर्नेछ।
एसोसिएटतर्फ महासंघका २८ वटा स्टक ब्रोकर कम्पनीहरु सदस्य छन्।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago