काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

दुवै लघुवित्तबीच सोमबार (चैत १३ गते) प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै लघुवित्तबीच गत असोज २१ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। 

यी दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न वार्षिक साधारणसभाले प्राप्तिसम्बन्धी प्रक्रिया स्वीकृत गरेको थियो। 

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार सुरु गर्ने दुवै लघुवित्तबीच सहमति भएको छ।