काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज काठमाण्डौको कालिमाटीमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ४०० जनाा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागकी प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरु सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटालगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रमको शुभारम्भ संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत कयाल र नेसनल सेल्स हेड पोखरेलले गरेका थिए।
विशेष कारणवश देशबाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्किमबाट छनौट भएर कार्यक्रममा सहभागी भएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाइ ज्ञापन गरे। अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द्रविन्दुमा रहेको र यसैलाई मूर्तरुप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकलार्ई कार्यक्रम आयोजना गरिएको बताए।
यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पराजुलीले बताए।
कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यबाद ज्ञापन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए।
कार्यक्रममा ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुआत’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड पोखरेलले गरे। सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको उनले बताए।
यो योजना न्यून लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचूर फाइदा उठाउन पोखरेलले आग्रह गरे।
कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झा उपस्थित भएका थिए।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago