काठमणडौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाविरुद्ध गैरकानुनी क्रियाकलाप गर्नेलाई मुद्दा चलाउने चेवानी दिएको छ।
सिबिफिनको वैशाख १४ गते बसेको चौथो बैठकले यस्तो निर्णय गरेको हो। सिबिफिनले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, तिनको सम्पत्ति, साख एवं कार्यरत कर्मचारीहरुविरुद्धमा विभिन्न व्यक्ति, संस्था र समूहबाट विगत केही समयदेखि निरन्तर रुपम गैरकानुनी गतिविधिका सम्बन्धमा यस्तो निर्णय गर्न बाध्य भएको जनाएको छ।
अबउप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघसंस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थामा र तिनमा कार्यरत कर्मचारी, साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानी–नोक्सानी पुर्याउने, बैंकिङ व्यसायमा अवरोध सिर्जना गर्ने तथा बैंक तथा वित्तीय संस्थाका बारेमा भ्रम फैलाउने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्सािहन गर्नेलगायत प्रचलित कानुनबाट बर्जित क्रियाकलाप गर्ने जोसुकै मु्द्दा चलाउने सिबिफिनले जनाएको छ।
त्यस्ता व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुनको अधीनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी, दिने, उजुरी गर्नेलगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणका लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि सिबिफिन र यसमा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको सूचनामा उल्लेख छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago