काठमाण्डौ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम भी२७ सिरिजका स्मार्टफोनहरु भी२७ र भी२७ई छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

भी सिरिजअन्तर्गत, यो नयाँ भी२७ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र स्मार्टफोनको अनुभव वृद्धिका गर्ने विशेष अपग्रेडहरु ल्याउनेछ। बहुप्रतिक्षित भी२७ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।

भी२७ सिरिजका स्मार्टफोनहरुले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ। यसका साथै अद्वितीय विशेषताहरु तथा उत्कृष्ट क्यामेराले प्रतिस्पर्धीहरुबाट यसलाई आकर्षक बनाउँछ। 

औरा लाइट पोट्रेट प्रणाली एक आकर्षक विशेषता हो। जसले पोट्रेटहरुमा एक्सपोजरलाई बढाउँछ र प्रयोगकर्ताहरुलाई कम प्रकाशको अवस्थामा पनि अद्भुत शटहरु खिच्न सक्षम बनाउँछ। यी विशेषताहरुले प्रयोगकर्ताहरुलाई कुनै पनि वातावरणमा रचनात्मक रुपमा विस्तृत विषयहरु सहित आकर्षक पोर्ट«ेट खिच्न सक्षम बनाउँछ। 

भी२७ लाई उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेलहरुले अझ आकर्षक बनाएको छ। यसको कर्भ स्क्रिनले नयाँ मानक प्रस्तुत गर्छ र ठूलो डिस्प्ले ले स्ट्रिमिङ वा ब्राउजिङका लागि उपयुक्त बनाउँछ। 

भी२७ई मा २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्ले यस उपकरणको शोभा बढाएको छ। यसको एमोलेड डिस्प्लेले जीवन्त र वास्तविक रङहरुका लागि परिवेश अनुसारको प्रकाशमा समायोजन गर्दछ र प्रयोगकर्ताहरुलाई इमर्सिभ र आकर्षक दृश्य अनुभव प्रदान गर्दछ।

समग्रमा भी२७ फाइभजीको औरा लाइट पोट्रेट प्रणाली तथा भी२७ई को १२० हर्जको कर्भ स्क्रिन र एमोलेड डिस्प्ले विशेषताहरुले स्मार्टफोन फोटोग्राफी र डिजाइनको लागि नयाँ मानक कायम गर्नेछ। भी२७ सिरिजका साथ, प्रयोगकर्ताहरुले कार्यात्मक र व्यावहारिक मात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्न सक्छन्।

भी२७ फाइभजी र भी२७ई आधिकारिक रुपमा चाँडै नेपाली बजारमा उपलब्ध हुनेछ।