काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ। 

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ। गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने स्रोत बताउँछ। 

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे तीव्र रुपमा छलफल गरिरहेका छन्। ‘आजको बैठकमा रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुन सक्छ’, स्रोत भन्यो। 

मुख्यगरी नीति तथा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ।