काठमाण्डौ । पूर्वी पहाडी जिल्ला संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो।
भोटखोला गाउँपालिकाको सिप्रुङ भन्ने ठाउँमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
घटनास्थलमा प्रहरीको टोली परिचालन भइसकेको छ। प्रहरीको टोली त्यहाँ पुगेपछि घटनाबारे यथार्थ जानकारी आउने प्रहरीले जनाएको छ।
9 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago