काठमाण्डौ । आइएमई पेमा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरुमार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले रु. १०० बोनस पाउनेछन्।

आइएमई पेले आइएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ। यसका साथै पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई रु. ५० बोनस दिँदै आइरहेको छ।

यसै क्रममा अब ग्राहकले अमेरिका, युरोप, क्यानाडा, मलेसिया, कतार, यूएई, कुवेत र बहराइनलगायत विश्वको जुनसुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वर्ल्डवाइड क्यास एक्सप्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहकले रु. १०० बोनस पाउनेछन्।