काठमाण्डौ । मेटाले ह्वाट्सएपको नयाँ फिचर ल्याएको छ। प्रयोगकर्ताहरु लामो समयदेखि यो फिचरको पर्खाइमा थिए। 

कम्पनीले यो फिचरको बिटा संस्करणमा लामो समयदेखि परीक्षण गरिरहेको थियो । अब यो सबै प्रयोगकर्ताका लागि लाइभ गरिदिएको छ। यो फिचर प्रयोगकर्ताको च्याट सेक्युरिटीका लागि हो। 

यदि हाम्रो अनलक फोन कसैको हातमा पुग्यो भने उसले च्याटमा एक्सेस गर्न सक्थ्यो। तर, अब यो फिचर आएसँगै त्यस्तो हुने छैन । यो अवस्थालाई ध्यानमा राखेर कम्पनीले प्लेटफर्ममा नयाँ सेक्युरिटी फिचर थपेको हो। यसको मद्दतले प्रयोगकर्ताले च्याट लक गर्न सक्नेछन्। 

ह्वाट्सएप च्याट लकको सुविधा सबै प्रयोगकर्ताका लागि रोल आउट गरिएको छ। यसको मद्दतले प्रयोगकर्ताले ग्रुप वा इन्डिभिजुअल च्याट लक गर्न सक्छन्। यसका लागि प्रयोगकर्ताले डिभाइस पिन वा बायोमेट्रिक्स लक प्रयोग गर्नुपर्छ।

यो फिचरले फिंगरप्रिन्ट लक वा फेस लकसँग पनि काम गर्छ। अर्थात्, यदि प्रयोगकर्ताले च्याट लक गरेका छन् भने त्यसलाई खोल्नका लागि पिन, फिंगरप्रिन्ट वा फेस लक प्रयोग गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताले च्याट लक गर्नेबित्तिकै ह्वाट्सएपले कन्भर्सेसनका क्रममा भएका कन्टेन्ट्सलाई च्याट नोटिफिकेसनबाट हाइड गरिदिन्छ। 

ह्वाट्सएपको यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले केही स्टेप्स फलो गर्नुपर्छ। सबैभन्दा पहिले एप खोल्नुपर्छ। त्यसपछि कुनै पनि च्याट (इन्डिभिजुअल वा ग्रुप)मा जानुपर्छ।

इन्डिभिजुअल वा ग्रुपको नाममा ट्याप गर्नुपर्नेछ। त्यहाँ स्क्रोल गरेर तल जानुपर्छ। जहाँ लक च्याटको अप्सन प्राप्त हुनेछ। अब आफ्नो पासवर्ड वा बायोमेट्रिक्स भेरिफिकेसन गर्नुपर्छ। यसरी कुनै पनि च्याट लक गर्न सकिन्छ। –एजेन्सी