काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारका लागि सरकारले आवश्यक कदमहरु चालिरहेको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा आज चलिरहेको प्रश्नोत्तरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताए। ‘अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको छ’। उनले भने।

सबैको सचेत र इमान्दार पहलले नै रेमिट्यान्स र विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री दाहालले बताए। ‘सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको छ’, उनले भने, ‘सरकारले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप सशक्त बनाएको छौँ।’