काठमाण्डौ । विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ।
विश्वका अर्बपतिको सूचीमा पहिलो स्थानमा रहेका बर्नार्ड अर्नाल्टदेखि वारेन बफेटसम्म सबै धनाढ्यले पछिल्लो २४ घन्टामा आफ्नो सम्पत्ति गुमाएका छन्। अमेजनका मालिक जेफ बेजोस सबैभन्दा बढी गुमाएका भने बर्नार्ड अर्नाल्ट सम्पत्ति गुमाउनेमा दोस्रो स्थानमा छन्।
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा शीर्ष २० मा परेका १८ धनी व्यक्तिको सम्पत्ति घटेको छ। जेफ बेजोसले सबैभन्दा बढी मारमा परेका छन्। उनको नेटवर्थ १९.८ अर्ब डलरले घटेको छ। यो गिरावटसँगै उनको कुल सम्पत्ति १३९ अर्ब डलरमा झरेको छ। तर, बेजोस अझै पनि विश्वको तेस्रो धनीव्यक्ति कायमै छन्।
जेफ बेजोसले सुख र दुःख दुवैसँगै पाएका छन्। विदेशी सञ्चारमाध्यमका अनुसार बेजोसले आफ्नी प्रेमिका लरेन सान्चेजसँग इन्गेजमेन्ट गरेका छन्। यी जोडी अहिले फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभलमा छन्। जेफ बेजोसको सम्पत्तिमा यति ठूलो गिरावट कुनै दुःखभन्दा कम छैन।
सम्पत्ति गुमाउने मामिलामा अर्को नाम विश्वकै सबैभन्दा धनी यक्ति बर्नार्ड अर्नाल्टको आउँछ। उनले पछिल्लो २४ घन्टामा ११.२ अर्ब डलर नोक्सानी व्यहोरेका छन्। योसँगै फ्रान्सेली अर्बपतिको कुल सम्पत्ति २०० अर्ब डलरभन्दा तल झरेको छ। अब अर्नाल्ट १९२ अर्ब डलरको सम्पत्तिसहित पहिलो स्थानमै छन्।
सम्पत्तिमा आएको गिरावटका कारण बर्नार्ड अर्नाल्ट र एलन मस्कबीचको दूरी पनि घटेको छ। तर, मस्कको नेटवर्थ २.२२ अर्ब डलरले घटेर १८० अर्ब डलरमा झरेको छ। दुई शीर्ष अर्बपतिबीचको सम्पत्ति अन्तर मात्र १२ अर्ब डलरको रहेको छ।
यही अवधिमा बिल गेट्सले १.०२ अर्ब डलर, वारेन बफेटले २.१९ अर्ब डलर, ल्यारी एलिसनले २.९० अर्ब डलर र ल्यारी पेजले १.९५ अर्ब डलर गुमाएका छन्।
यसैगरी स्टिभ बाल्मरको कुल सम्पत्तिमा १.८९ अर्ब डलरको गिरावट आएको छ। सर्गेई ब्रिनको १.८६ अर्ब डलर स्वाहा भएको छ।
लामो समयपछि टप १० मा प्रवेश गरेका फेसबुकका मार्क जुकरबर्गलाई ५५.४ करोड डलर नोक्सानी भएको छ। सम्पत्ति गुमाउनेका सूचीमा कार्लोस स्लिम हेलु, फ्रान्कोइस बेटेनकोर्ट, अमानिको ओर्टिगा, जिम वाल्टन, रोभ वाल्टनजस्ता ठूला नाम पनि सामेछन्। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago