– प्रकाश न्यौपाने
काठमाण्डौ । यो साता सेयर बजारमा सुधार देखिएको छ। यो साताको ४ कारोबार दिनमा बजार करिब ८२ अंकले बढेको छ। आज सार्वजनिक बिदा दिइएकोले अब बजार आइतबारमात्रै खुल्नेछ।
बजारमा सुधार आएसँगै लगानीकर्ताको मनोबल बढ्न थालेको बजार जानकारहरु बताउँछन्। अब बजेट र मौद्रिक नीतिमार्फत लगानीकर्ताले उठाएका केही मागहरु सम्बोधन भएको खण्डमा बजारले थप लय समात्ने र नयाँ उचाइ बनाउने उनीहरुको मत छ।
हालसम्मकै उच्च ३२०० को विन्दुबाट झरेर बजार १८०० आसपासमा आएको थियो। बजारले उच्च विन्दु चुमेको करिब २१ महिना भइरहँदा अधिकांश लगानीकर्ताले ठूलो सम्पत्ति गुमाएका छन्।
यसैबीच पछिल्लो ४ महिनामा भने एउटा कम्पनीले लगानीकर्तालाई मालामाल बनाएको छ। त्यो कम्पनीको हो, युनिलिभर नेपाल।
विगतमा १८८१ को बुलमा प्रतिकित्ता करिब ३५ हजार रुपैयाँसम्म पुगेको युनिलिभर नेपालको सेयरभाउ ३२०० को बुलमा भने २५ हजार रुपैयाँभन्दा माथि जान सकेन। महँगो र कम चलेका कारण धेरै लगानीकर्ताको रोजाइमा यो कम्पनी पर्दैन।
गत माघ ११ गते युनिलिभर नेपालको सेयरभाउ प्रतिकित्ता १८ हजार ४५० रुपैयाँ थियो। हिजो जेठ १० गतेका दिन यो कम्पनीको सेयर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको सेयरभाउ यो ४ महिनाको अवधिमा कित्तामै १२ हजार ३४० रुपैयाँ अर्थात झन्डै ६७ प्रतिशतले बढेको छ।
उत्पादन तथा प्रशोधन समूहमा कारोबार हुने युनिलिभिरले पछिल्लो १२ वर्षमा सेयरधनीहरुलाई वार्षिक औसत प्रतिकित्ता ८००.४२ रुपैयाँ नगद लाभांश वितरण गरेको देखिन्छ।
बजार पुँजीकरण २८ अर्ब ३५ करोड रुपैयाँ रहेको युनिलिभरको नेप्सेमा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत रहेको छ।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago